मङ्लबार, कार्तिक ४, २०७७

||    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जः राजश्व आम्दानी (०७६/०७७)   || Shuklaphanta National Park: Global Tiger Day 2020 Celebrated   || शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज: पर्यटक संख्या (०७६/०७७)   ||

Shuklaphanta National Park: Global Tiger Day 2020 Celebrated – Shuklaphanta National Park

Shuklaphanta National Park: Global Tiger Day 2020 Celebrated

‘‘स्वस्थ वातावरणका लागि बाघ संरक्षण (Caring Tiger for Healthy Environment) नाराका साथ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा मिति २०७७ श्रावण १४ गते (२९ जुलाई २०२०) का दिन विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवश मनाउने कार्य सम्पन्न भयो ।

१) बाघ सम्बन्धी होर्डिङ्गबोर्ड अनावरण
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, मझगाँउको प्रवेशद्वारमा विश्व बाघ दिवस २०२० को अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले तयार पारेको बाघको फोटो अंकित होर्डिङ्गबोर्ड निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना देवीदल गणका गणपति प्रमुख सेनाली राजु बस्न्यातले संयुक्त रुपमा अनावरण गर्नुभयो । होर्डिङ्गबोर्डको माध्यमबाट स्थानीय जनता एवं आगन्तु्क पर्यटकमा बाघ संरक्षण सम्बन्धी चेतना अभिवृद्धि हुने र पर्यापर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

२) बाघ संरक्षण सम्बन्धी गोष्ठी सम्पन्न
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्षहरु एवं मध्यवर्ती क्षेत्रका सामुदायिक होम स्टेका सञ्चालकहरु, निकुञ्ज कार्यालय, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीहरुको उपस्थीतिमा ‘‘जलवायु परिर्वतन र बाघ संरक्षण” विषयमा गोष्ठी सम्पन्न गरियो । प्रमुख संरक्षण अधिकृत श्री लक्ष्मण प्रसाद पौड्यालले सहभागिहरुलाई बाघको अवस्था, महत्व, नेपालमा बाघ संरक्षणका भए गरेका प्रयासहरुबारे जानकारी गराउदै कार्यक्रमलाई सार्थकता प्रदान गराउनु भएको थियो भने राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख सुदिपराज निरौलले जलवायु परिर्वतनबाट बाघको बासस्थान सर्नसक्ने र पर्यापर्यटनमा पर्नसक्ने प्रभाव विषयमा प्रस्तुति भएको थियो ।

३) बाघ संरक्षण सम्बन्धी पुस्तक एवं प्रचार प्रसार सामग्री वितरण
बाघ दिवस २०७७ को अवसरमा प्रचार प्रसार सामग्री एवं मायाको चिनो (Token of Love) को रुपमा तयार गरएको बाघको चित्र अंकित कप र सम्पदा संरक्षण डायरी कार्यक्रमका सहभागीहरुलाई वितरण गरियो । नेपालका वन्यजन्तुहरुका बारेमा नेपाली भाषामा लेखिएका पुस्तकहरु त्यती धेरै छैनन् । डा हेमसागर बरालले लेख्नु भएको ‘‘पाटे बाघ” पुस्तक संरक्षणकर्मी एवं वन्यजन्तुमा रुची राख्ने सबैले पढ्नुपर्ने पुस्तक हो । कार्यक्रमको अवसरमा सहमागीहरुलाई उक्त पुस्तक वितरण गरियो । बाघ दिवसको अवसरमा यो पुस्तक पठाई दिने जेड.एस.एल. नेपाल र हिमाली प्रकृतिलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज धन्यवाद ज्ञापन गर्दछ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको देवीदल गणका गणपति प्रमुख सेनानी श्री राजु बस्न्यातलाई कार्यक्रमका अवसरमा प्रशन्सापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । निकुञ्जका कर्मचारीहरु, उपभोक्ता समितिका अध्यक्षहरु र होम स्टेका संचालकहरुको उपस्थीतिमा शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख सुदिपराज निरौला र देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातको आतिथ्यतामा रेन्जर जानकी भण्डारीले संचालन गर्नु भएको यस बाघ दिवस २०७७ कार्यक्रमको अध्यक्षता प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले गर्नुभएको थियो ।

सन २०१० मा रसियाको सेन्ट पिटरसबर्गमा बाघ पाईने १३ ओटा देशहरु नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, चिन, ईन्डोनेसिया, मलेसिया, लाओस, थाईल्यान्ड, भियतनाम, कम्बोडिया र रसियाकाको प्रतिनिधित्व रहनेगरी भएको सम्मेलनबाट सन २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर गर्ने भन्ने मुख्य प्रतिबद्धताका साथ जुलाई २९ लाई अन्तराष्ट्रिय बाघ दिवसका रुपमा मनाउने निर्णय भएको थियो । नेपालमा बाघ संरक्षणको प्रयासलाई थप उर्जा पु¥याउने उद्धेश्यले प्रत्येक वर्ष २९ जुलाईका दिन विभिन्न निकायले संरक्षण मैत्री कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply