शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा स्वागत छ
नेपालको सुदूर पश्चिम प्रदेशमा रहेको कञ्चनपुर जिल्लाको नेपाल भारत सिमानाको दक्षिण पश्चिम क्षेत्रको२८° ४५' ४७” - २९° ०२’ ५२”अक्षांश र८०° ०५’ ४५” -८०° २१’ ४३”देशान्तरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वि.सं. २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरी संरक्षण गरिएको हो । संरक्षणको क्रममा वि.सं.२०३२ सालमा १५५ वर्ग कि.मी.क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षको रुपमा घोषणा गरियो । वि.सं.२०३६ सालमा निकुञ्जको पूर्व तर्फको १५० वर्ग कि.मी. क्षेत्रलाई विस्तार गरि यस निकुञ्जको क्षेत्रफल ३०५ वर्ग कि.मी. बनाइएको थियो । साबिकको चार किल्लालाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरि मिति २०७३ साल फाल्गुन ९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा भएको हो । १७४ मिटर देखि १३८६ मिटरको उचाईमा फैलिएको यस निकुञ्जको औसत अधिकतम तापक्रम ३७डिग्रीसेन्टिग्रेड र औसत न्युनतम तापक्रम ७डिग्रीसेन्टिग्रेड रहेको छ । यो निकुञ्ज सबैभन्दा बढी बाघको घनत्व रहेको संरक्षित क्षेत्रको रुपमा समेत चिनिएको छ । नेपालमा रहेका बाह्रसिङ्गाको संरक्षण व्यवस्थापन गर्ने उद्देश्यका साथ स्थापना भएको यस निकुञ्जमा विश्वकै सबैभन्दा ठुलो वथानको रुपमा पाईने बाह्रसिङ्गा रहेको पाईन्छ । यो निकुञ्ज अन्य दुर्लभ वन्यजन्तु, पंछी तथा वनस्पतिको लागि समेत प्रसिद्ध छ ।
प्रजातिहरु
56
स्तनपायी
450
चराहरु
56
सरीसृपहरू
15
उभयचर
24
माछा