logo

परिचय

परिचय:

नेपालको सुदूर पश्चिमाञ्चल क्षेत्रमा रहको कञ्चनपुर जिल्लाको नेपाल भारत सिमानाको दक्षिण पश्चिम क्षेत्रको २८ड्ढ४२’ २९” — २९ड्ढ०३’ २७” अक्षांश र ८०ड्ढ०३’ ०८” — ८०ड्ढ२५’ ५३” देशान्तरमा रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वि.सं. २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरी संरक्षण गरिएको हो  । संरक्षणको क्रममा वि.सं.२०३२ सालमा १५५ वर्ग कि.मी. क्षेत्रफललाई समेटि शुक्लाफाँटा वन्यजन्तु आरक्षको रुपमा घोषण गरियो । वि.सं.२०३६ सालमा निकुञ्जको पूर्व तर्फको १५० वर्ग कि.मी. क्षेत्रलाई विस्तार गरि यस निकुञ्जको क्षेत्रफल ३०५ वर्ग कि.मी. बनाईएको थियो । साबिकको चारकिल्लालाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरि मिति २०७३ साल फाल्गुन ९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा भएको हो । १७४ मिटर देखि १३८६ मिटरको उचाईमा फैलिएको यस निकुञ्जको औसत अधिकतम तापक्रम ३७ड्ढ सेन्टिग्रेड र औसत न्युनतम तापक्रम ७ड्ढसेन्टिग्रेडरहेको छ । यो निकुञ्ज सबैभन्दा बढि बाघको घनत्व रहेको संरक्षित क्षेत्रको रुपमा समेत चिनिएको छ । नेपालमा रहेका बाह्रसिंगाको संरक्षण व्यवस्थापन गर्ने उद्देश्यका साथ स्थापना भएको यस निकुञ्जमा विश्वकै सबैभन्दा ठुलो वथानको रुपमा पाईने बाह्रसिंगा रहेको पाईन्छ । यो निकुञ्ज अन्य दुर्लभ वन्यजन्तु, पंछी तथा वनस्पतिको लागि समेत प्रसिद्ध छ ।