logo
CEO

चन्द्र शेषर चौधरी

बरिष्ठ संरक्षण अधिकृत

कार्यालय प्रमुख

shuklaphantanationalpark@gmail.com

9858775311


CEO

मनोज ऐर

संरक्षण अधिकृत

सूचना अधिकारी

shuklaphantanationalpark@gmail.com

9858775310


शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा स्वागत छ

नेपालको सुदूर पश्चिमाञ्चल क्षेत्रमा रहको कञ्चनपुर जिल्लाको नेपाल भारत सिमानाको दक्षिण पश्चिम क्षेत्रको २८ड्ढ४२’ २९” — २९ड्ढ०३’ २७” अक्षांश र ८०ड्ढ०३’ ०८” — ८०ड्ढ२५’ ५३” देशान्तरमा रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वि.सं. २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरी संरक्षण गरिएको हो  । संरक्षणको क्रममा वि.सं.२०३२ सालमा १५५ वर्ग कि.मी. क्षेत्रफललाई समेटि शुक्लाफाँटा वन्यजन्तु आरक्षको रुपमा घोषण गरियो । वि.सं.२०३६ सालमा निकुञ्जको पूर्व तर्फको १५० वर्ग कि.मी. क्षेत्रलाई विस्तार गरि यस निकुञ्जको क्षेत्रफल ३०५ वर्ग कि.मी. बनाईएको थियो । साबिकको चारकिल्लालाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरि मिति २०७३ साल फाल्गुन ९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा भएको हो । १७४ मिटर देखि १३८६ मिटरको उचाईमा फैलिएको यस निकुञ्जको औसत अधिकतम तापक्रम ३७ड्ढ सेन्टिग्रेड र औसत न्युनतम तापक्रम ७ड्ढसेन्टिग्रेडरहेको छ । यो निकुञ्ज सबैभन्दा बढि बाघको घनत्व रहेको संरक्षित क्षेत्रको रुपमा समेत चिनिएको छ । नेपालमा रहेका बाह्रसिंगाको संरक्षण व्यवस्थापन गर्ने उद्देश्यका साथ स्थापना भएको यस निकुञ्जमा विश्वकै सबैभन्दा ठुलो वथानको रुपमा पाईने बाह्रसिंगा रहेको पाईन्छ । यो निकुञ्ज अन्य दुर्लभ वन्यजन्तु, पंछी तथा वनस्पतिको लागि समेत प्रसिद्ध छ ।


Shuklaphanta National Park

सुदुरपस्चिम प्रदेश

राष्ट्रिय निकुञ्ज राजपत्रित वर्ष

बि.सं २०३३

राष्ट्रिय निकुञ्ज क्षेत्र

३०५ वर्ग किलोमिटर

मध्यवर्ती क्षेत्र राजपत्रित वर्ष

बि.सं २०६१

मध्यवर्ती क्षेत्र

२४३.५ वर्ग किलोमिटर

प्रजातिहरु

56

स्तनपायी

450

चराहरु

56

सरीसृपहरू

15

उभयचर

24

माछा

दृष्टिकोण

जैविक विविधताको प्रभावकारी संरक्षण र दिगो सामुदायिक विकासका लागि जनसहभागिताद्वारा मध्यवर्ति क्षेत्रको व्यवस्थापन गर्ने ।
दुर्लभ वन्यजन्तु, वनस्पति तथा पंछीहरुको संरक्षण रव्यवस्थापन गर्ने ।
पर्यापर्यटनको विकास गरी स्थानिय जनताको जिवनस्तरमा सुधार ल्याई संरक्षणमा टेवा पु¥याउने ।
अध्ययन अनुसन्धानलाई प्रभावकारी बनाई यसबाट आएका सुझावहरुलाई कार्यान्वयन गरी व्यवस्थापन पक्षलाई सहयोग गर्ने ।

गोलहरू

उद्देश्य

संकटापन्न प्रजातिहरुको संरक्षणलाई उच्च प्राथमिकता दिदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधताको संरक्षण गर्ने तथा संरक्षण कार्यमा मध्यवर्ति क्षेत्रका जनताहरुको समेत सहभागिता गराउने ।

प्रकाशन